मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि संघ तथा प्रदेश सरकारबाट ५८ वटा योजना स्वीकृत भएको छ । पालिका क्षेत्रको पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरणलगायतको क्षेत्रको विकासका लागि योजनाहरु छनौट भएका हुन् ।

योजना अन्तर्गत इन्द्रसरोवरमा संघीय समपुर योजना ३ वटा छनोटमा परेका छन् भने विशेष योजना २ वटा परेका छन् । त्यस्तै अन्य ७ वटा योजनाहरु छनोटमा परेका छन् । इन्द्रसरोवरका लागि बागमती प्रदेशको समपुरक ३ वटा योजना परेका छन् भने विशेष योजना एउटा र सशर्ततर्फका ४ वटा योजनाहरु स्वीकृत भएका छन् ।

बागमती प्रदेश अन्तर्गतका विषयगत मन्त्रालय र निकायगत योजना ३८ वटा स्वीकृत भएको बजेट पुस्तिकामा उल्लेख छ । यि योजनाहरु पूर्वाधार, खानेपानी, पर्यटन पूर्वाधारलगायतका रहेको छन् ।

हेर्नुहोस योजनाको नामावली:

 

पालिका प्रेस
थप जानकारी