बागमती प्रदेश अन्तर्गतका विषयगत मन्त्रालय र निकायगत योजनामा थाहा नगरपालिकाको ७५ वटा योजना समावेश भएका छन् । बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेट पुस्तिकामा यि योजनाहरु समावेश गरिएको हो । सबै योजनाका लागि ५४ करोड ५० लाख १६ हजार रुपियाँ बजेट विनियोजन भएको छ ।

बजेट पुस्तिकामा समेटिएको योजनाहरु अन्तर्गत सबैभन्दा बढि वडा नम्बर ७ उल्लेख भएका १३ वटा र सबैभन्दा कम वडा नम्बर १० को एउटा मात्र योजना समेटिएको छ भने साझा प्रकृतिका तथा पालिकासंग सम्बन्धीत १० वटा योजना स्वीकृत भएको छ । योजनाहरु अन्तर्गत वडा नम्बर १ मा ४ वटा योजनाका लागि ४८ लाख रुपियाँ बजेट विनियोजन भएको छ । वडा नम्बर २ मा ६ वटा योजनाका लागि ६८ लाख, वडा नम्बर ३ मा ७ वटा योजनाका लागि ३ करोड ४४ लाख, वडा नम्बर मा ४ मा ५ वटा योजनाका लागि १ करोड १० लाख, वडा नम्बर ५ को ३ वटा योजनाक लागि २८ लाख बजेट स्वीकृत भएको छ ।

त्यसैगरी वडा नम्बर ६ को ११ वटा योजनाका लागि २ करोड ६ लाख रुपियाँ बजेट विनियोजन भएको छ भने वडा नम्बर ७ को १३ वटा योजनाका लागि २ करोड १ लाख, वडा नम्बर ८ को २ वटा योजनाका लागि ३५ लाख, वडा नम्बर ९ को ७ वटा योजनाका लागि ९५ लाख, वडा नम्बर १० को एउटा योजनाका लागि १० लाख, वडा नम्बर ११ को २ वटा योजनाका लागि ३५ लाख र वडा नम्बर १२ को ४ वटा योजनाका लागि ७० लाख रुपियाँ बजेट स्वीकृत भएको छ ।

त्यस्तै पालिकास्तरीय साझा प्रकृतिका, अन्तरवडा र अन्तरपालिका सम्बन्धी १० वटा आयोजना बजेट पुस्तिकामा समावेश भएका छन् । यि योजनाहरुका लागि ४१ करोड ४८ लाख ५० हजार रुपियाँ बजेट स्वीकृत भएको छ ।

हेर्नुहोस् नामावलीः

पालिका प्रेस
थप जानकारी