बिगत केही महिनादेखि थाहा नगरपालिका वडा नम्बर ४ लगायत अन्य वडामा पनि आक्रामक रुपमा फैलिएको संक्रामक रोग लम्पी स्किनबाट मरेका पशुधन को क्षतीबाट पिडित सम्पुर्ण थाहा नगरबासी किसानको पक्षमा उचित क्षतिपुर्ति र राहतको माग गर्दै नेपाली काँग्रे्रेस थाहानगर ४ नम्बर वडा समितिले थाहा नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

काँग्रेस ४ नम्बर वडा सभापति श्रीकृष्ण केसी लगायतकाले नगर प्रमुख विष्णु बहादुर विष्ट समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन । थाहानगरको मुख्य आधारको रुपमा रहेका किसानहरुले पालन गदैृ आएका पशुवस्तुको क्षति हुनेगरी फैलिइरहेको रोग नियन्त्रण गर्नका लागि पालिकाले अभियान संचालन गर्नुपर्ने काँग्रेस वडा समितिको धारणा छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बिष्टले राहत कार्यक्रमको लागि उचित बजेट बिनियोजन गर्ने र किसानहरुलाई न्याय प्रदान गर्ने प्रतिक्रिया दिए । आम किसानहरुले स्थानीय सरकारको राहतबाट महसुस गर्न सकुन भन्ने धारणासहित ध्यानाकर्षण गराइएको वडा सभापति श्रीकृष्ण केसीले बताए ।

पालिका प्रेस
थप जानकारी