मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीय गौरवको आयोजनालाई ८ करोड बजेट विनियोजन गरेको छ । ९ असारमा गाउँसभाको १४ औँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै उक्त वजेट विनियोजन गरेको उपाध्यक्ष बनस्तम थिङले जानकारी दिए । कुल ५७ करोँड ८८ लाख ९७ हजार १ सय ९७ रुपयाँको वजेट सार्वजनिक गर्दै थिङले ८ करोँड ५ लाख वजेट विनियोजन गरीएको बताए ।

गौरवको आयोजना मध्ये सबैभन्दा बढि १ करोँड ५० लाख रकम वडा कार्यालय भवन निर्माणका लागि विनियोजीत गरीएको छ । त्यसैगरी चेपाङ् संग्रालय निर्माणमा १ करोँड २० लाख वजेट विनियोजन गरेको गाउँपालिकाले प्रदेश समपुरक वजेट अन्तर्गत राक्सिराङको ५ र ८ नं वडा जोड्ने चैनपुर देबीटार पाङ्थली सडक निर्माण र १, २, ३ र ५ नं वडा जोड्ने बाघमारा, सुनारीसौरा,सानोभावर हुँदै नेवारपानी सडक निर्माणका लागि जनहि १÷१ करोँड विनियोजन गरेको छ ।

यस्तैै चैनपुर, मैनटार, बाघमारा,सुनारीसौरा,सानोभावर, नेवारपानी सडक निर्माणका लागि ७५ लाख, गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ७० लाख, रतुवा गर्खा सडक निर्माण र दुङ्गु गार्खा सडक स्तरोन्नतीमा ४०/४० लाख, पाङ्थली कार्दा सिलिङे सडक र चैनपुर देबीटार पाङथली सडक निर्माणमा २५÷२५ लाख, आयुर्वेद भवन निर्माण, चैनपुर बाघमारा मैनटार बाघमारा सुनारीसौरा सानोभावर नेवारपानी सडक निर्माणमा क्रमागत र गाउँपालिका गरी २०÷२० लाख वजेट विनियोजन गरीएको छ ।

पालिका प्रेस
थप जानकारी