मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ मा रैथाने बालीलाई अनुदान दिने भएको छ । १० असारमा सम्पन्न १० औं गाउँसभामा रैथाने बालीमा खडेरी र बिउविजन नपाउने जस्ता समस्याका कारण किसानले भोग्नुपरेको समस्यालाई मनन गर्दै उत्पादनको आधारमा अनदान दिने भएको हो ।

कृषकहरुले चरम खडेरी, मल र बीउको अभावजस्ता विविध समस्याहरु झेल्नुपरेको कारण भीमफेदीको प्रमुख खाद्यबालीको रुपमा रहेको मकैको उत्पादनमा २५ प्रतिशतले कमी हुने आकलन गरिएको बताइएको छ । यसबाट गाउँपालिकाका कृषक परिवारमा खाद्य संकट र भोकमरीको अवस्था सृजना हुन नदिन र कृषि पेशाबाट हुने जनशक्ति पलायनलाई रोक्न रैथाने खाद्यबालीहरु कोदो, फापर खेतीमा उत्पादनका आधारमा आवश्यक कार्यविधि निर्माण गरी नगद अनुदान उपलब्ध गराइनेछ बताइएको हो । १ हजार रोपनीमा रैथानेबालिको खेति गर्ने र ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ ।

गाउँपालिकाको १० असारमा सम्पन्न भएको गाउँ सभाबाट आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैंया को बजेट प्रस्तुत गरिएको थियो । जसमध्ये चालु तर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैंया रहेको छ भने पुँजीगत तर्फ ३५ करोड ३४ लाख ९१ हजार ६ सय ३ रुपैंया रहेको छ ।

पालिका प्रेस
थप जानकारी