थाहा नगरपालिका महिला बालबालिका, जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा नगरस्तरीय बिपन्न एकल महिलाहरुलाई चार दिने व्यावसायिक बाख्रा पालन तालिम दिइएको छ । विकास घर शिखरकोटमा ६ देखि ९ असारसम्म भएको तालिममको एक समारोहकाबीच समापन गरिएको हो ।

थाहानगरका सामाजिक विकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा सहभागी महिलाहरुलाई बीउ बाख्रा समेत वितरण गरिएको थियो । एकल महिलाको जीविकोपार्जन र आयआर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले थाहानगरका २४ जना एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको छ ।

बाख्रा वितरणबाट विपन्न महिलाका लागि आयआर्जनको बाटो खुलेको ४ नम्बर वडा अध्यक्ष नारायण लामाले बताए । थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले अति बिपन्न एकल महिलाको आयआर्जनमा सघाउ पुगोस र उनीहरु क्रमिक रुपमा जिविकोपार्जनका लागि बाख्रा पालनमा संलग्न होउन् भनेर बाख्रा बितरण गरेको बताइन् ।

कार्यक्रममा पशु शाखा प्रमुख राघवेन्द्र मिश्र, रुप्से किटेनी टोल विकास संस्थाका अध्यक्ष गणेश लामा, देउखेल सहरी स्वास्थ्य केन्द्रका नेमराज थिङ, पशु प्राविधिक रुपेश कुमार मिश्र लगायतका उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी