मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा पालिकाका ५ वटै वडाका किसान सूचीकरण कार्यक्रममा समेटिने भएको छ । कार्यक्रम संचालनका लागि कृषक समूहहरुको पदाधिकारीहरुलाई किसान सूचीकरण सम्बन्धी एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १, २ र ५ का १ हजार ५८० जना किसानहरुको विवरण प्रणालीमा सूचीकृत भईसकेको छन् । आगामि आर्थिक वर्षमा सबै वडामा कार्यक्रम संचालन गरिने पालिकाले जनाएको छ । आगामि आर्थिक वर्षमा किसानहरुलाई परिचय वितरणको लक्ष्यसहित इन्द्रसरोवरको सूचीकरण कार्यलाई तिब्रता दिइने कृषि विकास शाखा प्रमुख कुमार पौडेलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी