मकवानपुरमा दुर्इ वटा ट्रक एकआपसमा ठोकिदा जलेर नष्ट भएको छ भने तीनजनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मृत्यू हुनेमा ना ६ ख ६६६७ नंम्कोबरकाे ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २७/२८ वर्षिय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २०/२१ वर्षिय सुमन चेपाङ र ना ६ ख ६३१ नंम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी १९/२० वर्षका अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुइजना गम्भिर घाइते भएका छन् । २३ असार बिहान पौने २ बजेको मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुबै ट्रक जलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
पुर्ब पश्चिम सडक खण्डमा हेटौडा तर्फ बाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको उनले बताए ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्