मकवानपुरको प्रसिद्ध धार्मिकस्थल ऋषेश्वर प्रवेशद्वार नजिकै रहेको सार्वजनिक शौचालय पुनः संचालनमा आएको छ । केही वर्ष अघि निर्माण सम्पन्न भई संरक्षणको अभावमा जीर्ण भएको शौचालय थाहा नगरपालिकाको सहयोगमा दामन बजार व्यवस्थापन समितिले संचालनमा ल्याएको हो ।

नगरपालिकाको सहयोगमा पाएको रकमले सो शौचालयलाई मर्मत गरी संचालनमा ल्याइएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष सुमन भुजेलले जानकारी दिए । शौचालयको ढोकाहरु र पानी ट्याङ्की थिएन भने संरचनाहरु क्षति भएका थिए । जिर्ण अवस्थाको शौचालयलाई स्थानीय बजार व्यवस्थापन समितिले पुनः प्रयोगमा ल्याउन मिल्ने गरि मर्मत गरिएको अध्यक्ष भुजेलले बताए । अबका दिनहरुमा दामन बजार व्यवस्थापन समितिको संरक्षणमा उक्त शौचालय संचालनमा आउने भएको छ ।

शौचालयको मर्मत संभार गरेसंगै ऋषेश्वर महादेवको दर्शन गर्न पुग्ने भक्तजन र अन्य पर्यटकहरुले शौचालय प्रयोग गर्न पाउने भएका छन् ।

पालिका प्रेस
थप जानकारी