जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्इाम्पसका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिसस मकवानपुरले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरेको हो ।
छात्रवृत्ति पाउने पालुङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुमा एलिना मोक्तान, सविता अधिकारी, देवनाथ वाईबा, सरु थोकर, सुनिता भट्ट, खुशी थोकर, पुष्पा पाख्रिन र रोजिना बलामी रहेका छन् । उनीहरुलाई प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरका आठ सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्