मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित सुलिकोटमा एउटा घरमा आगलागी भएको छ । ३१ असार बेलुकी ५ बजेतिर विद्युत लाइन सर्ट भइ चन्द्र बहादुर वाइबाको घरमा आगलागी भएको हो । परिवारका सबै जना काममा गएको समयमा एक्कासी घरको छानोबाट धुवाँको मुस्लो देखेपछि आत्तिएर घर आइपुगेका चन्द्रबहादुर र छिमेकिहरुले निभाउने नसकिएको वाइबाले बताए ।

घरमा कोहि नभएको कारण मानविय क्षती नभए पनि घरमा भएको लत्ताकपडा ,खाद्यवस्तु, नगद, गरगहना केही निकाल्न नसकेको स्थानीय राजेश बाबू सापकोटाले बताए । उनका अनुसार विद्युत वाइरिङ राम्रो नहुनु नै आगलागिको कारण हो । घरसम्म पुग्ने सडक ब्यवस्था नभएको र स्थानीय तहमा दमकल नभएको कारण आगलगी हुँदा समयमै आगो नियन्त्रण गर्न नसकिने सापकोटाले बताए ।
आगलागि बाट करिब १६ लाख भन्दा बढी क्षती भएको अनुमान गरिएको छ ।

फोटोः आशबहादुर

पालिका प्रेस
थप जानकारी