मकवानपुरको बकैया गाउँपालिकालाई लागुऔषध धुम्रपान तथा मध्यपान निषेधित क्षेत्र बनाउनका लागी बकैया गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोलीले बजार अनुगमन गरेका छन् ।

गाउँपालिकाले पूर्व निर्धारित सुचना अनुसारै लागुऔषध धूम्रपान तथा मध्यपान मुक्त गाउँपालिका स्थापित गर्न लागिएको हो । १ साउनबाट बकैया पुर्णरुपले लागूऔषध धुम्रपान तथा मध्यपान मुक्त बनाउने हेतुले पहिलो चरणको कार्य सुरु भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । पहिलो चरणको कार्यक्रम अनुसार वडा नम्बर ३, ४ र ५ मा गाउँपालिका अध्यक्ष धर्मराज लामिछने, उपाध्यक्ष भक्तबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायत सुरक्षाकर्मीहरुसहितको उपस्थितिमा विभिन्न मदिरा स्टोर र होटलहरुमा अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा व्यावसायीहरुलाई अबको दिनबाट लागुऔषध, धूम्रपान तथा मध्यपान ओसारपसार तथा बिक्रीवितरण नगर्न गाउँपालिकाले अनुरोध गरेको छ । कसैले सो अनुरोधलाई बेवास्ता गरे कानुन बमोजिम कारबाही हुने पालिकका प्रतिनिधिहरुले चेतावनी दिएका छन् । पालिका भित्र सार्वजनिक पद धारण गरेका ब्याक्तीले कानुनको उलंघन गरे दोब्बर सजाय हुने समेत पालिका अध्यक्ष धर्मराज लामिछानेको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी