थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा ४ नम्बर वडाको किटेनीमा एकदिने पशु स्वासथ्य शिविर भएको छ ।

ड्रेन्चिङ कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण सम्बन्धी शिविरमा वडाको टोल–टोलमा कृषि तथा पशु समूह र किसानहरुले पालेको पशुपंछीहरुलाई औषधि बितरण गरिएको थियो ।
वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार शिविरको दोश्रो दिन थाहा ४ को किटेनी घलेडाडामा भएको शिविरमा १ सय १५ जना कृषकले पालन गरेको गाई भैंसी, कुखुरा , बाख्रा, खसी, बोका, राँगाको लागि औषधि वितरणका साथै २५ वटा बोकाको कास्टेसिङ गरिएको छ ।

पालिका प्रेस
थप जानकारी