पशुवस्तुमा महामारीकै रुपमा फैलिएको लम्पी स्किन रोगका कारण मकवानपुरको थाहानगरमा मात्र १६ वटा पशु चौपायको मृत्यू भएको छ । पालिकाले रोग विरुद्धका खोप तथा संक्रमण रोकथामका कार्यक्रमहरु संचालन गरिरहेको अवस्थामा पनि १६ वटाको मृत्यू भएको पशु विकास शाखाले जनाएको छ ।

लम्पी स्किन रोगबाट चौपाया बचाउनका लागि किसानहरूले नगरको पशु सेवा शाखाबाट उपलब्ध औषधी लैजाने क्रम पनि जारी रहेको थाहा नगरपालिका पशु शाखाकी मनिषा कटुवाली मगरले जानकारी दिइन् । मगरका अनुसार–‘थाहा नगरपालिका भित्र रहेका २ सय १६ गाई भैंसीलाई लम्पी स्किन रोग लागेको र ती मध्ये १६ वटा चौपायाको रोगको कारण मृत्यु भएको छ ।’ उनले नगरपालिका भित्र रहेका ९ सय गाई भैंसीलाई लम्पिस्किन विरुद्धको भ्याक्सिन लगाइएको जानकारी दिइन् ।

लम्पी स्किन गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु प्राविधिकहरुको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्। यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

पालिका प्रेस
थप जानकारी