थाहा नगरपालिकाको पशु विकास शाखाले आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत वडा नम्बर ४ को रुप्सेमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वडाको टोल, टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशुपंछीहरुलाई औषधि वितरण गरिएको हो ।

वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार–‘शिविरको तेश्रो दिन थाहा ४ को रुप्से चौतारामा भएको शिविरमा १ सय जना कृषकले पालन गरेको गाई भैंसी, कुखुरा, बाख्रा, खसी, बोका, राँगाको लागि औषधि वितरणका साथै ३५ वटा बोकाको कास्टेसिङ गरिएको छ ।’

वडा अध्यक्ष नारायण लामा, वडा सदस्य अभिनाश लामाको समेत उपस्तिथि रहेको कार्यक्रममा एक गाईलाई लम्पी स्किन विरुद्धको खोप समेत लगाइएको थियो।

पालिका प्रेस
थप जानकारी