मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकाबासीले पालेको पशुपंक्षीका लागि निःशुल्क औषधि वितरण गर्ने भएको छ । पालिकाले १७ साउनमा सूचना प्रकाशन गरी पालिकाको पशु शाखाबाट पाँचवटै वडा कार्यालय मार्फत निःशुल्क औषधि वितरण गर्न लागेको जनाएको छ ।

वडा कार्यालय मार्फत गाई, गोरु, भैसी, बाख्राका लागि नाम्ले फित्ते जुका विरुद्धको औषधि, ज्वरो, रुघाखोकी, सिगान बगेको, किर्ना जुम्रा उपियाँ, झोक्राएको र पखला लागेको निको हुने औषधि निःशुल्क वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए । पालिकाले सूचनामा उल्लेख गरेको औषधि आफ्नो वडा कार्यालयबाटै लिन सकिने प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए । निःशुल्क औषधिको विषयमा कुनै गुनासो भएमा वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्नका लागि मोबाइल नम्बर समेत सूचनामै सार्वजनिक गरिएको छ ।

पालिकाले वडा मार्फत औषधि निःशुल्क औषधि लिनका लागि वडा नम्बर १ मा सनित्र सिं मोक्तान, वडा नम्बर २ मा नविन कुमार अधिकारी, वडा नम्बर ३ मा विश्वास रेग्मी, वडा नम्बर ४ मा अमृत गोपाली र वडा नम्बर ५ मा नरेन्द्र कार्कीलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी