मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर–८ बुढीचौरमा १ भाद्रमा किसानहरुको तरकारी बालीको अवलोकनका साथै कृषकसँग अन्तरक्रिया गरिएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा नम्बर ८ का वडाअध्यक्ष कुमार घिसिङ, वडासदस्य गोकुल देवकोटा, कृषिशाखा प्रमुख चन्द्रकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख धुर्ब लामिछाने, एमआइएस अपरेटर मनोज देबकोटा स्थानीय कृषक सहितको टोलीले किसानको तरकारी बालीको अवलोकन समेत गरेका थिए ।
एकता स्वाबलम्बन कृषि सहकारी संस्थाकाको भवनामा भएको अन्तरक्रिया कार्यक्रमा कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कुमारसिंह घिसिङ, वडासदस्यद्वय गोकुल देबकोटा, गमला विक, स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारीहरुलगायतकाको ५० जना कृषकको सहभागिता रहेको थियो । कार्यक्रमा उपस्थित कृषकले आफूले भोगेका बिभिन्न समस्याहरु राखेका थिए । समयमा गुणस्तरीय कृषि सामग्रीहरु नपाउनु, अहिले टमाटर खेतीमा देखिएको प्रकोप, अन्य तरकारीमा देखिएको रोगकीराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरणा लगायतका समस्याहरुको अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।
कार्यक्रमा बोल्दै गाउँपलिका अध्यक्ष लामाले अहिले गरिरहेको कामको कृषकको कृषि कर्मलाई उच्चकदर गर्दै गाउँपालिका यस वडालाई विषेश प्राथमिकतामा राखेको बताउदै यस वर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्यनजर गर्दै ईक्चुङ हु“दै र सुकौरा हु“दै हेटौंडासम्म दैनिकरुपमा सवारीसाधन आवतजावत गर्न सक्ने वातावरण मिलाइरहेको बताए । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी थप कृषिको क्षेत्रमा लगानी भित्र्याउने पनि अध्यक्ष लामाले बताए ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङ्तानको प्रमुख आतिथ्यतामा, सहकारी सस्थाका अध्यक्ष बालानन्द तिमल्सिनाको सभाअध्यक्षतामा भएको थियो । मकवानपुरगढी ८ बुढिचौरमा मुख्य रुपमा प्लाष्टिक टनेल भित्र बेमौसमी गोलभेडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, ईस्कुस लगायतका तरकारीहरु उत्पादन गर्दै आईरहेका छन् ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्