मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने योजनाका पदाअधिकारीहरुलाई अनुशिक्षण दिएको छ । पालिकाले १२ वटै वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनुशिक्षण दिएको हो ।

थाहा नगरपालिकाले तालिका नै बनाएर वडा वडामै पुगेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । तालिमा अनुसार १७ भदौमा वडा नम्बर १ र ६ का उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिएको थियो भने १८ भाद्रमा ३ ४ र २ नम्बर वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई, १९ भाद्रमा ५ नम्बर वडाका उपभोक्ता समितिका पदाअधिकारी, २० भाद्रमा ७ नम्बर वडाका २१ भाद्रमा ८ नम्बर वडाकालाई २२ भाद्रमा ११ र १२ र २४ भाद्रमा ९ र १० का उपभोक्ता समितिलाई अनुशिक्षण दिएको थाहा नगरपालिकाका लेखापाल सन्देश घिमिरेले जानकारी दिए ।

अनुशिक्षणमा उपभोक्ता समितिका पदाअधिकारीहरुलको उल्लेख्य सहभागिता रहेको थियो । सहभागहिरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, लेखापाल सन्देश घिमिरे, इन्जिनियर सन्तोष बोहरा, आन्तरिक लेखा परीक्षक सन्दिप पौडेल तथा योजना शाखाका प्रकाश कुमार लामालगायतले सहजीकरण गरेका थिए । सहभागी उपभोक्ता समितिका पदाअधिकारीहरुलाई उपभोक्ता समिति गठन प्रक्रियादेखि योजना संचालन तथा फछ््र्यौटसम्मको चरणमा अपनाउनुपर्ने प्रक्रिया र गर्नुपर्ने कार्यको विषयमा सहजीकरण गरिएको थियो ।

 

थाहा नगरपालिकाले उपभोक्ता समिति मार्फत संचालन गर्ने योजना चालु आर्थिक वर्षको फागुन मसान्त भित्रै सम्पन्न गर्ने तालिका वडा तहसम्म सर्कुलर गरेको छ । योजना कार्यान्वयन तालिकामा साउन महिनाभित्रै उपभोक्ता समिति गठनका कार्यक्रम सक्ने, १५ भाद्र भित्र लागत अनुमान तयार गर्ने गरी सर्कुलर वडामा आएको वडाध्यक्षहरुले बताएका छन् । उपभोक्ता समितिसंग असोज मसान्तभित्रमा सम्झौता सक्ने थाहा नगरपालिकाको योजना रहेको छ । तालिका अनुसार सम्झौता सम्पन्न भएको ५ महिनाभित्रमा उपभोक्ता समितिहरुले योजना सम्पन्न गरिसक्नुपर्नेछ । पालिकाले उपभोक्ता समिति मार्फत संचालन हुने योजना सम्पन्नको डेटलाइन फागुन मसान्त मानेको छ ।
यसैबीच पालिकाले ठेक्का मार्फत संचालन गर्ने योजनाहरुको भाद्र मसान्तसम्म लागत अनुमान तयार गरिसक्ने समयसीमा तोकेको छ । असोज महिनाभर बोलपत्र आव्हानको कार्यतालिका रहेको छ भने २० मंसिरभित्र ठेक्का सम्झौता गर्ने पालिकाको कार्यतालिका रहेको छ ।

पालिका प्रेस
थप जानकारी