बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले लम्पी स्किन रोगबाट मरेका पशुका किसानलाई राहत रकम १० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

नगरपालिकामा लम्पी स्किनको रोगबाट ठूलो संख्यामा पशु मरेकाले किसानलाई राहत दिने निर्णय नगरपालिकाले गरेको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए । उनका अनुसार हालसम्म नगर क्षेत्रमा ५ सय ४३ वटा पशु लम्पी स्किन रोगबाट मरिसकेका छन् ।

यसको रोकथामका लागि खोप अभियान तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको नगर प्रमुख शाक्यले बताए ।

लम्पी स्किन रोगबाट हालसम्म काभ्रेमा १३ सय पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्र काभ्रेका निमित्त प्रमुख डा. श्रीजा वाग्लेले जानकारी दिइन् । उनका अनुसार हालसम्म काभ्रेमा २२ हजार पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब ५७ हजारलाई रोगविरुद्धको खोप लगाइएको छ ।

पालिका प्रेस
थप जानकारी