‘एक स्वास्थ्य, एक गन्तव्य’ भन्ने नाराको साथ १७ औं विश्व रेविज दिवस थाहा नगरपालिकामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा ११ असोजमा दिवस मनाइएको हो । दिवसको अवसरमा १२३ वटा कुकुर र २ वटा बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

थाहाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको पशु शाखाका मनिषा कटुवाली मगरले जानकारी दिइन। पशु प्राविधिक बिज्ञान भट्टराईका अनुसार थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नम्बर १ मा ३० वटा, वडा नम्बर ३ मा १३ वटा, ४ मा ६ वटा र ११ न वडामा ३० वटा कुकुर सहित २ वटा बिरालोलाई पनि खोप लगाइएको पशु प्राविधिक मगरले जानकारी दिइन् ।

 त्य

सैगरी थाहा नगरपालिकाको डाँडाबास, गैरीगाउँ, दामगाडे क्षेत्रका ४४ वटा कुकुरहरू लाई रेविज विरुद्धको खोप लगाइएको पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए । बिश्व रेविज विरुद्धको खोप अभियानमा पशु प्राविधिकहरु मनिषा मगर, रुपेश कुमार मिश्र, विकेश कार्की, बिज्ञान भट्टराई, नुतन मिश्र, प्रकाश पाख्रीन, श्रीराम गर्तौला, प्रशिक्षार्थी पशु प्राविधिक कृष्ण काजी प्रधान र अस्मिता परियारलगायतका टोली खटिएको थियो।

दिवसको अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, कृषि तथा पशु विकास शाखाका कृषि स्नातक विकास सुनार, लेखापाल सन्देश घिमिरे, नगर प्रमुखका प्रेस संयोजक शम्भु अधिकारीलगायतका सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी