हेटौंडा उपमहानगरपालिकाले सहकारी संघरसंस्थालाई वार्षिक साधारण सभामा सदस्यलाई यातायात खर्चको नाममा रकम नबाँड्न भनेको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाद्वारा जारी सूचनामा सहकारीले साधारणसभामा लामो लाइन लगाएर यातायात खर्च बाँड्ने गरेको भन्दै यस्तो कार्य नगर्न निर्देशन दिइएको छ ।

संघसंस्थाहरुको साधारण सभाको उपस्थिति स्वयमसेवकमार्फत ब्यवस्थित गर्न, सहकारीका सदस्यले सभामा उपस्थित सदस्यले कुर्र्सीमा बसेर अतिथिको धारणा सुन्न र आफ्ना धारणा राख्ने बातावरण बनाउन समेत भनिएको छ । सभामा सदस्यहरु यातायात खर्च बुझ्नेमा मात्र झुम्मिने, संस्थाको अवस्थाका बारेमा बुझ्न र अतिथिको धारणा पनि सुन्न र संस्थाको प्रतिवेदनमाथि आफ्ना धारणा पनि नराख्ने प्रवृत्ति रहेको भन्दै पालिकाले सदस्यको वास्तविक सहभागिता सभामा गराउन सूचनामार्फत आव्हान गरेको छ ।

पालिका प्रेस
थप जानकारी