सरकारले संसदको चालु अधिवेशन अन्त्य भएको छ । १६ कात्तिक विहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि संसद पुग्ने अन्तिम तयारीमा रहेको संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदको घर्रामै थन्किएको छ । सरोकारवाला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ महिना अघि नै मन्त्रिपरिषदमा पठाएको सो विधेयक अब छिटोमा अर्काे अधिवेशनमा मात्रै पेश हुने भएको छ । यद्यपि, मन्त्रिपरिषद बैठकले भने सो विधेयक चालु अधिवेशनमै संसदमा पेश गर्ने निर्णय गरेको थियो । गत भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले सो विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदले संसदमा पेश गर्ने निर्णय गरेको करिब २ महिना वित्न लागेपनि सरकारले विधयेक संसदमा पेश नगरी अधिवेशन नै अन्त्यको लागि सिफारिस गरेको छ ।

विगतमा संसदमा दर्ता भएका विधेयकका विषयमा पनि आन्दोलन भएपछि सरकार निजामती सेवा विधेयक पनि दर्ता गर्न डराएको हो । सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमती राख्दै सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएपछि सरकार डराएको छ । यस्तै, संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएपछि प्रचण्ड नेतृत्वको सरकार विधेयक संसदमा पेश गर्नबाट पछि हटेको हो ।

पालिका प्रेस
थप जानकारी