जाजरकोट भूकम्प पीडितका लागि हेटौँडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । १९ कात्तिक बिहान बसेको कार्यपालिका बैठकले भूकम्प पीडितका लागि १० लाख रुपैयाँ उपमहानगरपालिकाको कोषबाट र १० लाख रुपैयाँ तौल पुल सञ्चालनबाट भएको आम्दानीको रकम उपलब्ध गराउने निर्णय भएको बैठकमा सहभागी एक वडा अध्यक्षले जानकारी दिए ।

यस्तै कार्यपालिका बैठकले जनप्रतिनिधिको ५ दिनको पारिश्रमिक र कर्मचारीको ३ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको वडा अध्यक्षले जानकारी दिए । गत १७ कात्तिक राती ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ स्थित रामी डाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । भूकम्पका कारण जाजरकोटामा मात्रै नौ सय पाँच वटा घर पूर्ण क्षति भएको छ ।

पालिका प्रेस
थप जानकारी