उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले उन्नत जातका बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १ जोगिदहले आदिवासी जनजाति महिला लक्षित कार्यक्रमअन्तर्गत उन्नत जातका सुँगुर, बिउ बोका र कुखुरा वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुँगुरका पाठा वितरण गरिएको हो । कार्यक्रममा १३ घरधुरीलाई एक÷एक वटा सुँगुरका पाठा र समूहमा रहने गरी दुई वटा बोका वितरण गरिएको वडाध्यक्ष मनोज चौधरीले जानकारी दिए ।

आर्थिक अवस्था सुधार्न निर्वाहमुखीभन्दा पनि व्यावसायिक कृषि गराउने सोचका साथ सुगँुर र बोका वितरण गरिएको वडाध्यक्ष चौधरीको भनाइ छ । यसले विपन्नको आयआर्जनमा टेवा पुग्ने उनको विश्वास छ । चेतना महिला समूहका अध्यक्ष अरुणा चौधरीले सुँगुरका पाठा र बोका बिउ पुँजी भएकाले त्यसबाट आम्दानी गरेर नमुना बन्न आग्रह गरिन् ।

स्थानीय बजारमा सुँगुरको प्रतिपाठा ८ हजार र १ लाख रुपैयाँमा दुई वटा उन्नत जातको बिउ बोका खरिद गरेर टोल विकास संस्थाको जिम्मामा रहने गरी हस्तान्तरण गरिएको छ । अनुदानमा बिउ बोका र माउ सुँगुरका पाठी वितरणसँगै विपन्न महिलालाई स्वरोजगार बनाई आर्थिक अवस्था सुधार हुने विश्वास नगरपालिकाको छ ।

पालिका प्रेस
थप जानकारी