चितवनका तीन पालिकामा बुधबारदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो ।  आयोगले जग्गा नाप्नुपूर्व भरतपुर महानगर, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुरका ६ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरु गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिनेछ ।

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउने गरी योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउनेछन् । तिमिल्सिनाका अनुसार नापजाँचका लागि २७ अमिन र ९ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

 

पालिका प्रेस
थप जानकारी