संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आफुसँग भएको दमकलको विवरण ३ दिनभित्रमा उपलव्ध गराइदिन स्थानीय तहहरुमा पत्राचार गरेको छ ।

मनत्रालयले आफुसँग दमक भए नभएको विवरण सँगै दमकल भएमा जिपिएस प्रणाली जडान भएका छ कि छैनन् भन्ने सम्मको तथ्यांक दिन भनेको छ । स्थानीय सरकारहरुले आफैँ र विभिन्न संस्थाको सहयोगमा दमकल खरिद गरेर सेवा दिदै आए पनि संघीय सरकारसँग देशभर भएको दमकलको एकीकृत तथ्यांक अहिलेसम्म छैन । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रहमा संघीय मामिलाले स्थानीय तहसँग दमकलको विवरण मागेको हो ।

उता, गृह मनलयले सडक दुर्घटना न्यूनीकरणका लागि स्थानयि तहसँग समन्वय गरेर मात्र काम गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नै गरेको छ । गृहले जिल्ला भित्र रहेको सडक सञ्जालको बर्गीकरण गर्ने, जोखिम क्षेत्र पहिचान गर्ने, कच्च्ी सडकमा ठूला सवारी चलाउन उपयुक्त भए नभएको हेर्नेजस्ता कार्यमा स्थानीय तहसँग अनिवार्य समन्वय गर्न भनेको छ ।

सडक सुरक्षा कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न स्थानयि तहका प्रमुखहरुलाई समेत सहभागी गराएर न्युनतम रुपमा त्रैमासिक बैठक बसेर न्यूनीकरणका कार्ययोजना बनाउनसमेत गृहले भनेको छ ।

पालिका प्रेस
थप जानकारी