थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा आज सम्म १४ हजार १ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ ।
थाहाको वडा जनप्रतिनिधि हरुसंगको सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइरहेको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट संचालन भएको भेडा बाख्रामा लाग्ने हैजा रोग पिपिआर खोप अभियान सञ्चालन खोपको डोज नसकिय सम्म अभियानले निरन्तरता पाउने मिश्रले बताए।
प्रत्येक पालिकाको पशु शाखा तथा खोपकर्ताहरु परिचाल गरेर पशुसेवा कार्यालय मकवानपुरले अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइरहेको छ। पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्