६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मकवानपुर थाहानगरका ३ वटा सहकारी पुरस्कृत भएका छन् । “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा सहकारी संस्थाहरुलाई थाहा नगरपालिकाले नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका सहकारीहरु मध्ये बहुउद्देश्यीय सहकारी तर्फ लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १ ओखरबजार, बचत तथा ऋण तर्फ कुन्छाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र थाहा १ कुन्छाल र कृषि सहकारी तर्फ साना किसान कृषि सहकारी थाहा ६ बज्रवाराही लाई २० हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।

थाहा नगरपालिका र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा २० चैतमा भएको कार्यक्रममा उत्कृष्ट सहकारी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरी मनाइएको हो। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको सभाध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरीले सहकारी जस्तो पवित्र अभियान लाई एकाध संस्थाले गर्दा झस्किनुपर्ने अवस्था आएको बताउदै बिश्वासलाई कायम राख्न आफ्नो उद्देश्य अनुरुप चल्न पर्ने बताए । उनले थाहानगर भित्रको सहकारीको नियमन र अनुगमन भित्र ल्याउन कडा कदम चालिएको बताउदै राम्रो काम गर्ने सहकारी लाई नगरले पुरस्कृत गरेको बताए।

कार्यक्रममा बोल्दै संचार सहकारीका पुर्व केन्द्रिय अध्यक्ष तथा सहकारीकर्मी बिष्णुहरी ढकाल जंगलीले सहकारीहरुले सदस्यहरुको साझा समस्यालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले स्थानीय सरकारले आर्थिक क्रियाकलाप चलामायन बनाउन सरकारको मात्र मुख नताकी नगरपालिका भित्र रहेका सहकारी संस्थाहरु संग साझेदार गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य फणिन्द्र सुवेदी,सहकारीकर्मी महेश्वर सुवेदी,थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाले शुभकामना मन्तव्य राखेका थिए।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले स्वागत मन्तब्य ब्यक्त गरे । कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका पुर्व प्राचार्य केशव बहादुर थापाले सहकारीमा सुशासनःप्रविधि र एकीकरणको बिषयमा नगरभित्रका सहकारीकर्मीहरुलाई तालिम सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी