मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बिउ उत्पादनका लागि २० हेक्टर क्षेत्रफलको जग्गामा मकै खेति गरिएको छ । वडा नम्बर ५ स्थित तिलगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको संघीय सशर्त मकै बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत यस वर्ष मकै खेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको प्राविधिक सहयोगमा सहकारी संस्थामा आवद्ध ७० जना कृषकहरुले बिउ उत्पादनको लागि ‘रामपुर कम्पोजिट’ जातको श्रोत बिउ लगाइएको बताइएको छ । वडा नम्बर ५ का सिमलटार, कालीबन, खैरहनी, मजुवा लगायतका क्षेत्रमा लगाइएको बिउ मकै अहिले बढेर घुँडासम्म आईपुगेको चौधरी बताउँछन् ।

मकैबालीको गोडमेल गर्ने र थप मल दिने कार्य कृषकहरुले गरिरहेका छन् । हालसम्मको अवस्थामा मकैबाली राम्रो रहेको र फाटफुट रुपमा देखिएका अमेरिकन फौजी किराको रोकथामको कार्य पनि भईरहेको प्रमुख चौधरीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी