राक्सिराङ गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरणहरु मिनिटिलर, स्प्रेपम्प र कम्बाईन मिल बितरण गरेको छ । ३० वैशाखमा गाउँपालिका अध्यक्ष रामकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ तथा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले संयुक्त रुपमा किसानलाई कृषियन्त्र वितरण गरेका हुन् ।

चालू आर्थिक वर्ष २०८०÷८१ को सशर्त कार्यक्रम मकैबाली प्रवद्र्धन र रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषिऔजार वितरण गरिएको कृषि शाखाप्रमुख कृष्ण डुम्रेले जानकारी दिए । बालीप्रवद्र्धन कार्यक्रम अन्तर्गत् ५० प्रतिशत अनुदानमा १५ थान मिनिटिलर, ७५ वटा चार्जिङ स्प्रेपम्प र पालिकाको रैथाने बालीप्रवद्र्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा ११ थान कम्बाईन मिल वितरण गरिएको हो ।

अध्यक्ष मल्लले परम्परागत तरिकाले गर्दै आइरहेको कृषिप्रणालीलाई अब प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । उत्पादनमा वृद्धि र जीवनयापनलाई सरल बनाउन पालिकाले कृषियन्त्रमा सहयोग पु¥याएको अध्यक्ष मल्लको भनाई छ । उपाध्यक्ष थिङले पालिका किसानको पक्षमा सधैं कटिबद्ध भएर उभिने भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

पालिकाको ९ वटै वडाको टोल विकास सस्था, सहकारी, समूह र ब्यक्तिगत फर्मलाई अनुदानका कार्यक्रमले समेटिएको छ । १० लाख बजेट मार्फत अनुदानमा मकैको बीउ, विषादि, चार्जिङ स्प्रेपम्प र मिनिटिलर किसानलाई बितरण गरिएको हो ।

पालिका प्रेस
थप जानकारी