पाँचौँ थाहा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत १३ जेठमा भएको खेलमा ऋषेश्वर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । थाहानगरको इन्द्रायणी चौरमा भैरहेको खेलमा भिमफेदी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ सेमि फाइनलमा प्रवेश गरेको हो ।
१४ जेठमा कुर्दन एकेडेमी चन्द्रागिरी र चित्लाङ खेलकुद बिकास समिती तथा सकृय युवा क्लब थाहा ४ र ऋृषेश्वर ११ बिच खेल हुने आयोजकले जनाएको छ ।
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा सञ्चालन हुने प्रतियोगितामा नौँ वटा टिमले सहभागिता जनाएका थिए । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा प्रतियोगिता भैरहेको हो । प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्