
बागमती प्रदेश सरकारले १ सय १९ वटै स्थानीय तहमा वित्तीय समानीकरण अनुदान पठाएको छ । १ असारमा बजेट वक्तव्य सार्वजनिकसंगै सबै स्थानीय तहहरुलाइृ समानकिरण अनुदान पनि पठाएको हो ।
मकवानपुरका १० स्थानीय तहमध्ये थाहा नगरपालिकाले १ करोड २३ लाख ९० हजार रुपियाँ पाएको छ भने यन्द्रसरोवर गाउँपालिकाले ६३ लाख ९० हजार रुपियाँ समानीकरण अनुदान पाएको छ । मकवानपुरमा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले ३ करोड २२ लाख ६९ हजार समानीकरण अनुदान पाएको छ । मनहरी गाउँपालिकाले १ करोड २४ लाख ३ हजार, कैलाशले ८४ लाख ३२ हजार, बकैयाले १ करोड १८ लाख ४६ हजार, बागमतीले १ करोड १ लाख ७६ हजार, भीमफेदीले ९५ लाख ७२ हजार वित्तीय समानीकरण अनुदान पाएको छ ।
त्यसैगरी मकवानपुरगढी गाउँपालिकाले ९४ लाख ४१ हजार र राक्सिराङ गाउँपालिकाले ९० लाख ४२ हजार रुपियाँ समानकिरण अनुदान पाएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त हुने यस बजेटबाट पालिकाहरुले आफ्नो आवश्यकताको आधारमा बजेट विनियोजन गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्