मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ३ का ३ सय गाई भैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार १७ असारमा वडाको ३ सय गाई भैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाको वडा नम्बर ९ र १० को एक÷एक वटा गाईमा लम्पी स्किन देखिएको वडाका पशु प्राविधिक प्रकाश पाख्रीनले जानकारी दिए । पाख्रीनका अनुसार–संक्रमित गाइको उपचार भैरहेको छ । लम्पीस्किन गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु प्राविधिकहरु बताउँछन् ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। यो रोगको प्रभावकारी उपचार नभएकोले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

पालिका प्रेस
थप जानकारी