
थााह नगरपालिकाले वर्ष कृषक सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि विकास शाखाले गुणस्तरीय तथा उत्पादन वृद्धि, कृषि प्रविधि प्रसारण, भुगोल, समावेशी, नयाँ जातको खेती, फलफूल बालीमा क्षेत्र विस्तार, नर्सरीबाट बिरुवा प्रसारणलगायतका सूचकमा मूल्याङ्कन गरी अगुवा किसानलाई सम्मान गरिएको हो । पालिकाले १५ जना कृषकलाई विभिन्न विधामा २० असारमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।
किसान सम्मान कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीले कृषक सम्मानले थाहामा उत्कृष्टताको शुरुवात भएको बताए । उपप्रमुख गोपालीले भने–‘थाहा नगरपालिका पूर्वाधार विकाससँगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ।’ कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जीवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उपप्रमुखले भनाइ रहेको थियो । उनले प्रांगारिक खेतीमा विशेष जोड दिन आग्रह गर्दै थाहालाई कृषिको हब बनाउन सकिने विश्वास व्यक्त गरे ।
थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा भएको किसान सम्मान कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, कृषि शाखाका प्रमुख सन्जय तिवारी, रोजगार शाखा प्रमुख कुमार नेगी, नगरपालिकाका कृषि प्राविधिकहरु लगायतका उपस्थिति रहेको थियो।
सम्मानित हुनेहरुको नामावली:
- समूह संचालन व्यवस्थापनतर्फ थाहा १ का कृष्णमान प्रधान,
- नयाँ तरकारी जातको खेतीतर्फ थाहा २ की सविता प्रधान र थाहा ३ का कुमार घिसिङ,
- गुणस्तरीय आलु उत्पादन वृद्धितर्फ थाहा ३ का हरेराम उपाध्याय
- फलफुल नर्सरीतर्फ थाहा ४ का भलराम कार्की,
- अगुवा कृषक थाहा ५ का कृष्ण बहादुर गुरुङ,
- किवि उत्पादनतर्फ थाहा ६ का माधव सुवेदी,
- हाइब्रीड गोलभेडा र अकबरे खुर्सानीको बीउ उत्पादनतर्फ थाहा–६ का देवेन्द्र महर्जन,
- गोलभेडा उत्पादन वृद्धितर्फ थाहा–६ का श्याम लामिछाने,
- कागती उत्पादन वृद्धितर्फ थाहा ७ का गुप्तसिं ठकुरी,
- अगुवा कृषकको रुपमा थाहा ८ का रमेश बिक,
- टनेलमा गोलभेडा खेती उत्पादनतर्फ थाहा ९ का पुरुषोत्तम लामिछाने र १० कि रिता गोपाली,
- टनेलमा अदुवा खेती उत्पादनतर्फ थाहा ११ का चन्द्र कुमार भोम्जन,
- एभोकाडो फलफुल खेतीतर्फ थाहा १२ का छत्र बहादुर आले मगर ।
प्रतिक्रिया दिनुहोस्