मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहले अझै बजेट आफ्नो सभामा पेश नै नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क रहेको छ । मन्त्रालययको आर्थिक वर्ष २०८१/०८२ को पोर्टलमा बकैया, बागमती र भीमफेदी गाउँपालिकाले सभामा बजेट पेश नै नगरेको देखिएको छ । यो समाचार २४ असार राती ९ः३७ मा तयार गरिएको हो ।
जिल्लाको दश पालिका मध्ये हेटौंडा उपमहानगरपालिकाले २ असारमा पेश गरी ७ असारमा बजेट पास गरेको छ । त्यस्तै थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले ७ असारमा पेश गरेर ७ असारमै बजेट पास गरेको छन् । कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाले १० असारमा पेश गरेर १० असारमै बजेट पास गरेका छन् भने मनहरी गाउँपालिकाले १० असारमा पेश गरेर २० असारमा पास गरेको पोर्टलमा तथ्याङ्क अद्यावधिक छ ।
यसरी अहिलेसम्म बजेट पेश नगर्ने स्थानीय तहको संख्या बागमती प्रदेशमा ११९ मध्ये ४७ वटा रहेका छन् भने देशभर २८६ पालिकाले अझै बजेट पेश गरेका छैनन् । नेपालमा स्थानीय तहको संख्या ७५३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्