
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८२.९३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । पालिकाले २४ असारसम्मको खर्च सार्वजनिक गर्दै उक्त वित्तीय प्रगती हासिल गरेको जानकारी दिएको हो । नीलकण्ठको कुल १ अर्ब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन भएकोमा १ अर्ब २ करोड ९० लाख ४५ हजार ४ सय २७ रुपियैया खर्च भएको छ ।
पालिकाले चालुतर्फ ८७.१९ प्रतिशत र पुँजीगततर्फ ७४.३८ प्रतिशत वित्तीय प्रगती हासिल गरेको नगरपालिकाका वरिष्ठ लेखा अधिकृत अन्जन श्रेष्ठले पालिका प्रेसलाई जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ का लागि नीलकण्ठ नगरपालिकाले चालु तर्फ ८२ करोड ८२ लाख ९२ हजार ९ सय २३ रुपैयाँ बजेट विनियोजन गरेकोमा ७२ करोड २२ लाख ५ हजार ५ सय २७ रुपैया खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ ४१ करोड २५ लाख ३ सय रुपियाँ बजेट विनियोजन भएकोमा ३० करोड ६८ लाख ३९ हजार ९ सय ४३ रुपैयाँ खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने सबै निर्वाचित जनप्रतिनीधि कर्मचारी तथा सरोकारवालाहरुलाई वरिष्ठ लेखा अधिकृत श्रेष्ठले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्