मकवानपुरको भीमफेदी गाउँपालिकाको बजेट पारित भएको छ । २४ असारमा भएको गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेट पारित भएको उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । भीमफेदीले आगामी आर्थिक वर्षका लागि ७४ करोड ३६ लाख रुपैयाँको बजेट ल्याएको छ ।

पालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४४ करोड ६२ लाख रुपैयाँ र पुँजीगततर्फ २९ करोड ७४ लाख रुपैयाँ बजेट ल्याएको हो । भीमफेदीले वडाहरुलाई ५०–५० लाख बजेट सिलिङ तोकेको छ ।

आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोष कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई जोड्नका लागि उक्त कोष चालु आर्थिक वर्षदेखि सुरु गरेर आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो । कोषमा १ सय जनालाई आवद्ध गराउने लक्ष्य रहेको उपाध्यक्ष श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषका लागि बजेट विनियोजन गरिएको थियो ।

यसअघि मकवानपुरका अन्य स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट पारित भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी