मकवानपुर जिल्लामा मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा उच्चतम वित्तीय प्रगती हासिल गरेको छ । मनहरीले कुल ९० करोड ५९ लाख २१ हजार बजेटमध्ये ७९ करोड ५८ लाख ९३ हजार रुपैयाँ अर्थात ८७.८५ प्रतिशत खर्च गर्दै जिल्लामै पहिलो स्थान लिन सफल भएको छ । पालिकाले चालुतर्फ ४२ करोड ६८ लाख १८ हजार अर्थात विनियोजनको ८७ दशमलव ९ र पुँजीगततर्फ ३६ करोड ९० लाख ७४ हजार अर्थात विनियोजनको ८७ दशमलव ७ प्रतिशत खर्च गरेको लेखा अधिकृत देवेन्द्र प्रधानले जानकारी दिए ।

मकवानपुरमा वित्तीय प्रगतीतर्फ सबैभन्दा कमजोर भीमफेदी गाउँपालिका देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा भीमफेदीले जम्मा ६८.७१ प्रतिशत मात्र प्रगती हासिल गरेको छ । भीमफेदीमा कुल ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५१ करोड ९८ लाख ६१ हजार रुपैयाँ मात्र खर्च भएको छ । चालु खर्चतर्फ ३० करोड ७२ लाख ७३ हजार रुपैयाँ अर्थात विनियोजनको ७५ दशमलव ९१ प्रतिशत खर्च गरिएको छ भने पुँजीगततर्फ विनियोजनको ३१ करोड २५ लाख ८७ हजार अर्थात ६० दशमलव ४३ प्रतिशत मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।

पालिका अनुसार चालु र पुँजीगत खर्च प्रतिशत ।

 त्यसैगरी राक्सिराङ गाउँपालिकाले कुल र ६३ करोड २४ लाख ९६ हजार रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा ५४ करोड ५७ लाख ५८ हजार रुपैयाँ अर्थात विनियोजनको ८६ दशमलव २८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । चालुतर्फ २३ करोड ५४ लाख ९२ हजार अर्थात विनियोजनको ८७ दशमलव ३७ र पुँजीगततर्फ ३१ करोड २ लाख ६६ हजार अर्थात विनियोजनको ८५ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखापाल सत्यन्द्र आचार्यले बताए । कैलाशले ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँ बजेट कार्यान्वयन गरेकोमा ४३ करोड ५५ लाख ३५ हजार अर्थात ८४ दशमलव ०४ प्रतिशत खर्च गरेको छ । पालिकाले चालुतर्फ २६ करोड ८३ लाख ४० हजार अर्थात ८३ दशमलव १५ प्रतिशत खर्च गरेकोमा विकास बजेटतर्फ १७ करोड ११ लाख १४ हजार अर्थात विनियोजनको ८४ दशमलव ९४ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए ।

जिल्लामै सबैभन्दा बढी बजेट परिचालन गर्ने हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुल २ अर्ब ९२ करोड २९ लाख ६६ हजार बजेट विनियोजन गरेको हेटौंडामा २ अर्ब ३४ करोड ५१ लाख २२ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २३ प्रतिशत खर्च भएको छ । चालुतर्फ एक अर्ब ४० करोड १३ लाख १४ हजार अर्थात ८४ दशमलव ७४ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ९३ करोड ३८ लाख ८६ हजार अर्थात विनियोजनको ७४ दशमलव १५ प्रतिशत खर्च भएको उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिए ।

पालिका अनुसार आर्थिक वर्ष २०८०/०८१ को वित्तिय प्रगतीको अवस्था ।

थाहा नगरपालिकाले एक अर्ब ३ करोड ७० लाख विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २७ प्रतिशत खर्च गरेको तथ्यांक सार्वजनिक गरेको छ । नगरपालिकाले चालुतर्फ ४७ करोड ३ लाख ४२ हजार अर्थात विनियोजनको ८९ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ३६ करोड २० लाख ७९ हजार अर्थात विनियोजनको ८० दशमलव २७ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । अपेक्षित आन्तरिक स्रोत संकलन कमजोर भएको र संघीय सरकारबाट निकासा घटेका कारण वित्तिइ प्रगती आशातित नदेखिएको लोखा अधिकृत अमर जिसीले प्रतिक्रिया दिए ।

बागमती गाउँपालिकाले ६८ करोड ५५ लाख ८६ हजार रुपैयाँको बजेट तर्जुमा गरेकोमा ५७ करोड ४३ लाख ५६ हजार अर्थात ८३ दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालुतर्फ ३८ करोड ८३ लाख २७ हजार अर्थात विनियोजनको ८७ दशमलव २७ प्रतिशत प्रगति गरेकोमा पुँजीगततर्फ १८ करोड ६० लाख २८ हजार रुपैयाँ अर्थात विनियोजनको ७७ दशमलव ३२ प्रतिशत खर्च गरेको पालिकाले सार्वजनिक तथ्यांकमा उल्लेख छ । बकैया गाउँपालिकाले पनि कुल विनियोजनको ८३ दशलव ९७ प्रतिशत खर्च गरेको छ । कुल ८१ करोड ७० लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६८ करोड २४ लाख २१ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ ४८ करोड १९ लाख अर्थात विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९ करोड ५९ लाख ८५ हजार अर्थात विनियोजनको ७६ दशमलव ४८ प्रतिशत खर्च गरिएको छ ।

पालिका अनुसार चालु र पुँजीगत खर्च प्रतिशत ग्राफ ।

मकवानपुरगढी गाउँपालिकाले ७० करोड ५५ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५६ करोड ९७ लाख ६८ हजार अर्थात ८० दशमलव ७५ प्रतिशत खर्च गरेको जनाएको छ । चालुतर्फ ३२ करोड ५२ लाख ५९ हजार अर्थात विनियोजनको ८४ दशमलव ४ प्रतिशत र पुँजीगततर्फ २४ करोड ४५ लाख ९ हजार अर्थात विनियोजनको ७६ दशमलव ३६ प्रतिशत खर्च गर्न सफल भएको गाउँपालिकाका राजस्व, अनुगमन तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।

त्यसैगरी जिल्लाकै सबैभन्दा सानो गाउँपालिका ईन्द्रसरोबरले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ४९ करोड २८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३९ करोड ५ लाख ४१ हजार अर्थात ७९ दशमलव २१ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ २६ करोड ४३ लाख ३८ हजार अर्थात विनियोजनको ८५ दशमलव ०६ प्रतिशत र पुँजीगततर्फ १२ करोड ६३ लाख ३ हजार अर्थात विनियोजनको ६९ दशमलव २५ प्रतिशत खर्च भएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष बन्जाराले बताए ।

पालिका प्रेस
थप जानकारी