
नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई मात्र दिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको गरिब परिचयपत्र पाएकाहरु भन्दा बाहेकलाई यो सुविधा नदिने कार्यविधिमा उल्लेख छ ।
संघीय सरकारले मृगौला प्रत्यारोपन गरेका, डायलासिस गरिरहेका रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ अनुसार मासिक ५ हजारका दरले उपचार खर्च उपलब्ध गराउँदै आएको छ । सोही कार्यत्रविधिको नियम २ (ग) अनुसार गरिबीको परिचयपत्र पाएकाहरुलाई मात्र उक्त सुविधा दिन सकिने व्यवस्था गरेको भन्दै थाहा नगरपालिकाले सार्वजनिक सूचना समेत गरेको छ । ‘थाहा नगरपालिकामा गरिब परिचय पत्र वितरण भैसकेको छ अब सोही बमोजिम कार्यविधिलाई टेकेर उपचार खर्च वितरण हुन्छ’–स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने ।
थाहा नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ८ सय २३ परिवारलाई गरिबको सूची राखी गरिब परिचयपत्र पठाएको छ ।
हेर्नुहोस सूचना
प्रतिक्रिया दिनुहोस्