मकवानपुर थाहा नगरपालिकाले आलु विजवृद्धि कार्यक्रमको लागि प्रस्ताव खुलाएको छ । पालिकाको कृषि विकास शाखाले ९ भाद्रमा सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ५० प्रतिशत अनुदानमा संचालन गरिने कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको हो । नगरपालिकाको दुई क्लष्टरमा सञ्चालन गरिने कार्यक्रमका लागि २ लाख ९३ हजार अनुदान बजेट रहेको छ । इच्छुक किसानले ८ असोजसम्म नगरपालिकाको कृषि विकास शाखामा प्रस्ताव पेश गर्न सकिने सुचनामा उल्लेख छ ।
प्रस्ताव पेश गर्नका लागि कृषि सहकारी, फर्म तथा कृषक समूहले आफ्नो लेटरहेटमा निवेदन, फर्म, सहकारी वा कृषक समूह दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र विउ उत्पादन सम्बन्धी ५ वर्षे बाली उत्पादन चक्र तथा जग्गाको क्षेत्रफल, स्वामित्व वा भोगचलन खुल्ने कागजातको प्रतिलिपी पेश गर्नुपर्ने शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्