थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको बागेश्वरी कृषि सहकारी संस्था र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहआयोजनामा डाँडागाउँमा रोग किरा व्यवस्थापन तथा बाली उपचार तालिम भएको छ । तालिममा कृषि क्याम्पस रामपुरका सागर पाण्डेले रोग किरा व्यवस्थापन गर्न कीट्नाशक कोकोपिट उपयोग गर्न सकिने बताए ।

बेर्ना सार्नु भन्दा अघि माटोको पिएच मापनको आधारमा कृषि चुन प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । सन्तुलन मिलाएर मल प्रयोग गर्न सकेमा माटोको स्थिति नबिग्रने र उच्च प्रतिफल पाइने पाण्डले बताए । टनेल खेतीको क्रममा नेमाटोडको समस्या देखिएमा मलमा ५ केजी तोरीको पिना प्रयोग गर्न सकिने पनि उनको भनाइ थियो । प्रतिरोपनीमा खेती गर्दा नेमाटोडको समस्या देखिएमा नीम वा तोरीको पिना प्रयोग गर्न उनले आग्रह गरे । कीट्नाशक नियन्त्रणको लागि कपारटाप हाइड्रोक्लोराइड फिब्रोनिल प्रयोग गर्न सकिने पाण्डेले बताए ।

बेर्ना रोप्ने दिन विभिन्न तरिका अपनाउनु पर्ने बताउँदै बेर्ना सारेपछी पनि विभिन्न पक्षमा ध्यान दिनुपर्ने कुराहरुको विषयमा उनले छलफल गरेका थिए । आवश्यकता अनुसार तरकारी फलफूलको बोट काँटछाट गर्र्नुपर्नै लगायतको स्प्हरुकोमा केन्द्रि सहजीकरण गरेको थियो । तालिममा बालीलाई हानी पुर्याउने कीरा रोग र तिनका समाधानका उपायहरू पनि सुझाइएको थियो ।

पालिका प्रेस
थप जानकारी