Krishi Mantri Bagamatee 13 Ashoj 2081

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अविरल बर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । १३ असोजमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा भएको कृषि तथा पशुपन्छीको क्षतिको विवरण संकलन गरी राहत एवंम् क्षतिपूर्ति वितरण गर्न क्षतिको विवरण संकलन गरेर मन्त्रालयमा पेश गर्न निर्देशन दिएको हो ।

बैठकले बिहीबारदेखि परेको अविरल बर्षाका कारण क्षति भएको कृषि धनको क्षतिपूर्ति दिने निर्णय गरिएको प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । जसका लागि जिल्लास्थित कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयहरुलाई यथासिघ्र विवरण उपलब्ध गराइदिन निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए ।

‘बर्षाका कारण भएको कृषि धनको क्षति तथा दुर्घटनाको विवरण संकलन गरेर क्षतिपूर्तिको कार्यक्रम तयार गरिने निर्णय भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जसका लागि यथासिघ्र आफ्नो जिल्ला स्थित कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयमा क्षतिको विवरण उपलब्ध गराउन कृषकहरुलाई समेत अनुरोध छ ।’

जसका लागि प्रदेशका सबै स्थानीय तहहरुका कृषकहरुले प्रदेशका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र कृषि विकास निर्देशनालय लगायतका सरोकारवाला निकायहरुसँग समन्वयन गर्न अनुरोध गरिएको छ । क्षतिको विवरण संकलन भएलगत्तै क्षतिपूर्तिको व्यवस्था मिलाइने प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानएको छ ।

पालिका प्रेस
थप जानकारी