यहि ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मकवानपुर थाहा नगरपालिकाका १२ वटा घर पूर्ण क्षति भएका छन् । पहिरोले दर्जनौ घर पहिरोले झण्डिएको थाहानगर विपद व्यवस्थापन समितिको प्रारम्भिक तथ्याङ्क छ ।
विपद व्यवस्थापन समितिका सदस्य सचिव अनिल लामिछानेका अनुसार–‘थाहा नगरपालिकाको ४ नम्बर वडामा ४ वटा, वडा नम्बर ५, ६, ८, र ११ नम्बरमा १/१ वटा तथा ९ नम्बर वडा र १२ नम्बर वडामा २÷२ वटा घर पूर्ण क्षति भएका छन् ।’
त्यसैगरी थाहा नगरपालिका वडा नम्बर १ मा १७ वटा घर पहिरोले झुण्डिएको छ । २ नम्बर वडामा १० वटा, ३ नम्बर वडामा ३ वटा ४ नम्बर वडामा १ वटा, ५ नम्बर वडामा १९ वटा घर पहरोका कारण घरहरु झुण्डिएको तथ्याङ्क वडाहरुबाट प्राप्त भएको सदस्य सचिव अनिल लामिछानेले जानकारी दिए । ८ नम्बर वडामा १ वटा, ११ नम्बर वडामा १ वटा घर पहरोले झुण्डएको लामिछानेको भनाइ छ ।
यसैबीच पालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार ९ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन् । वडा नम्बर १, ५ र ६ मा २/२ वटा तथा ८ नम्बर वडामा ३ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन् । बाढी पहरोका कारण एउटा गाइ र दर्जनौ बाख्राहरु मरेको नगरपालिकाले जनाएको छ। ‘अझै सबै वडाबाट यकिन विवरण प्राप्त भैनसकेकोले यो प्रारम्भिक विवरण नै हो’–सदस्य सचिव लामिछानेले भने ।
थाहा नगरपालिकाको सबै वडाहरुमा जनप्रतिनीधिहरु विपदको तथ्याङ्क संकलन तथा उद्धारमा खटिएका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्