
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विपद व्यवस्थापनमा एकै दिन ६ वटा काम गरेको जनाएको छ । पालिकाले स्थानीय विपद व्यवस्थापन समितिबाट भएको कामको सार्वजनिक विवरणमा यस्तो पाइएको हो । पालिकाले १५ असोजमा मात्र विभिन्न ६ वटा काम गरेको सो विवरणमा उल्लेख छ ।
१५ असोजमा गरिएको छ वटा काममा उद्धार र सूचना प्रकाशनका एक÷एक वटा काम गरेको छ भने बाँकी ४ वटा काम पत्राचारको मात्रै काम गरेको विवरणमा उल्लेख छ । पालिकाको वडा नम्बर ३ यातायात पहुँचबाट विच्छेद भएको र प्रसुतिका लागि सिस्नेरी स्वास्थ्य चौकी पुगेका २ जना महिलालाई गृह मन्त्रालयसंगको समन्वयमा हेलिकप्टरबाट काठमाण्डौं पु¥याइएको विवरण सार्वजनिक छ । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा स्वऐच्छिक आर्थिक सहयोगका लागि पनि १५ असोजमै सूचना प्रकाशन गरिएको छ ।
त्यस्तै १५ असोजमै अरु ४ वटा पत्राचारको मात्रै काम गरेको छ । पालिकाले सडक मर्मतका लागि यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशलाई पत्राचार गरेको छ । त्यस्तै खानेपानी डिभिजनलाई पाइप माग, जलस्रोत तथा सिंचाइ डिभिजनकार्यालयलाई सिंचाइको क्षति क मगर्न ग्याविन जाली माग र शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यालय ममृतका लागि पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्