मकवानपुरको थाहा नगरपाकिाका उप–प्रमुख भरत गोपालीसहितको टोलीले दामन सिमभन्ज्याङ क्षेत्रको होटलहरुमा छड्के अनुगमन गरेको छ ।१८ असोज दिउँसो थाहानगर प्रहरी र न्युज २४ टिभिका पत्रकारसहितको टिमले छड्के चेक गरेका हुन् । काठमाण्डौं प्रवेश गर्ने अन्य नाकाहरु बन्द रहेको अवस्थामा सवारी साधनहरु थाहानगर हुँदै गुड्ने हुँदा यात्रुहरु नठगिउन र गणुस्तरीय खानेकुरा खान पाउने भन्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

१८ असोजमा भने उपप्रमुख गोपालीले खाना–पानी जस्ता वस्तुहरूमा अनावश्यक रूपमा मूल्यवृद्धि भएको सूचना प्राप्त भएपछि उप–प्रमुख गोपाली एक्सनमा उत्रिएका थिए। अनुगमनका क्रममा पत्रकारले गरेको प्रश्नमा थाहानगर होटल व्यवसायी संघका अध्यक्ष शिव कुमार खत्रीले थाहा नगरपालिका क्षेत्रका कुनै पनि होटलले निर्धारित मूल्यभन्दा बढी रकम नलिएको दाबी गरे। उनले सादा खाना दुई सय, मासु सहितको खाना तीन सय पचास, तरकारी पच्चीस र पानी पच्चीस रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए।

खत्रीलेले खाना–पानीमा अनावश्यक मूल्यवृद्धि गरिएको कुरा गलत भएको र यातायातको चाप बढे पनि, नबढे पनि एउटै मूल्य कायम रहेको बताए। त्रिभुवन राजपथको व्यवस्थापनको सन्दर्भमा उप–प्रमुख गोपालीले अविरल वर्षाले निम्त्याएको पहिरोका कारण थाहा नगर प्रहरी, नेपाल प्रहरी, र सडक विभागसँग समन्वय गरेर २४ घन्टाभित्र यातायात सञ्चालन गर्न सफल भएको बताए।

यातायातको चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी, नेपाल प्रहरी, र नगर प्रहरीलाई परिचालन गरिएको जानकारी दिए । त्रिभुवन राजपथ हुँदै यात्रा गर्दा यात्रुहरूलाई खाना–पानी खुवाउँदा ठगी हुने आशंका रहेका कारण खानाको गुणस्तर र सरसफाइ जाँच गर्न नगर प्रहरीलाई खटाइएको पनि उनले बताए । लापरबाही भए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिए। यात्रुहरूबाट लिइएको प्रतिक्रियामा दामन क्षेत्रका होटलहरूले राम्रो खाना, उचित मूल्यमा स्वादिष्ट खाना खुवाएको प्रतिक्रिया आएको थियो। यात्रुहरूले त्रिशूली, सिस्नेरी, हेटौंडा जस्ता ठाउँहरूको तुलनामा यहाँको खाना ताजा र स्वादिलो पाएको बताएका थिए।

त्रिभुवन राजपथमा यात्रा गर्दा यात्रुहरूले सडक केही साँघुरो भएको र यात्रा गर्न बढी समय लागेको भए पनि बाटो सुरक्षित र भरपर्दो भएको प्रतिक्रिया दिए। वरपरका मनोरम दृश्यहरूले यात्रा रमाइलो बनाएको बताए। साथै, कतिपय यात्रुहरूले केही ठाउँमा सडक चौडा गर्न सके यात्रा अझै सुरक्षित हुने सुझाव पनि दिएका थिए।

पालिका प्रेस
थप जानकारी