कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको प्रयोग तथा किनबेचमा रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूलमालाको प्रयोगमा जोड दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लास्टिकजन्य मालाको बिक्री–वितरणमा रोक लगाइएको छ।’
साथै सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रूपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठुलो धनराशि बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ। नगरपालिकाको सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री–वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुनबमोजिम जरिवाना हुने चेतावनी दिएको छ।
वातावरणमैत्री र स्थानीय उत्पादनलाई समेत प्रवर्द्धन हुने भएकाले प्राकृतिक रूपमा उत्पादित पुष्पगुच्छाको प्रयोग गर्न मेयर अजय थापाले सबैमा आग्रह गरेका छन्।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्