मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा भएको छ । संस्थाले १० कार्तिकमा साधारणसभा गरेको हो ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा पालिका उपाध्यक्ष उमाकुमारी लामा विशेष अतिथी रहेकी थिइन् । सभामा संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ४४ लाख ८१ हजार ५ सय ९९ रुपियाँ नाफा गरेको जनाएको थियो । यो नाफा गत आर्थिक वर्षको भन्दा कमी भएको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले गत वर्ष ५१ लाख ४ हजार ९८९ रुपियाँ नाफा गरेको थियो ।
संस्थामा १ हजार ७ सय ७३ जना सेयर सदस्य रहेका छन् ।
साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । सो कार्यक्रममा ४५ जनाले रक्तादन गरेका थिए ।
संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा सम्पन्न भएको साधारण सभामा इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा, पालिकाको २ नम्बर वडाध्यक्ष सुमन श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बल, ५ नम्बर वडाध्यक्ष दुतराज तितुङ, कार्यपालिका सदस्यहरु शोभा कामी, सावित्री सुनार, सानुकान्छी स्याङ्तान, रामकृष्ण कामी, सम्झना परियार, ४ नम्बर वनिवतउमान वडाध्यक्ष धनवीर स्याङ्तान तथा वडा सदस्यहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरुलगायतकाको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्