प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण तालिका स्वीकृत भएको छ । मन्त्रिपरिषद्को १३ मंसिरमा बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी  ८७ सदस्यीय सदस्य सहभागी रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।

यसैबिच भीआईपी र भीभीआईपीहरु विदेश जाँदा विमानस्थलमा लावालस्कर नलाग्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । भीभीआईपी र भीआइपीलाई स्वागत र बिदाइ गर्दा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिवसहित १४ जना मात्र एयरपोर्ट गए हुने प्रधानमन्त्रीले बताएका छन् ।

नामावलीः

  • प्रधानमन्त्री पत्नी राधिका शाक्य,
  • परराष्ट्रमन्त्री आरजु राणा देउवा,
  • प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल,
  • आर्थिक सल्लाहकार युवराज खतिवडा,

सांसदहरूः

  • अर्जुन नरसिंह केसी,
  • श्याम कुमार घिमिरे,
  • लिलानाथ श्रेष्ठ,
  • बिजुला रायमाझी,
  • रेखा शर्मा,
  • वीरेन्द्र प्रसाद महतो,
  • दीपक कार्की,
  • सर्वेन्द्र नाथ शुक्ला,
  • रञ्जिता श्रेष्ठ,
  • मुख्यसचिव एकनारायण अर्याल,
  • सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कामु सचिव)
  • लगानी बोर्डका सीईओ सुशील ज्ञवाली,
  • मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी,
  • प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह,
  • प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित

अन्य सरकारी अधिकारीहरू

  • कृष्ण प्रसाद ढकाल,
  • विष्णु प्रसाद गौतम,
  • मणिरत्न शर्मा,
  • उदय पोखरेल,
  • कमल रावल,
  • ऋचा भट्टराई,
  • जानकी ओझा,
  • सुजन लामिछाने,
  • विनोद खनाल,
  • जयश्री शाक्य
  • अनिता सिंह
पालिका प्रेस
थप जानकारी