प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशको आयोजनामा जिल्लास्तरीय वाषिक योजना तर्जुमा गोष्ठी हुने भएको छ । मकवानपुर र चितवन जिल्लाका १७ पालिकाहरुलाई केन्द्रित गरेर आयोगले ५ पौषमा योजना तर्जुमा गोष्ठी आयोजना गरेको आयोगका अधिकृत नवौं अच्युतम प्रसाद उपाध्ययायले जानकारी दिए ।

जिल्ला समन्वय समिति चितवनको सभाहल भरतपुरमा हुन लागेको गोष्ठीमा मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका, ८ वटा गाउँपालिका तथा चितवन जिल्लाको एक महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिकाकाबाट २÷२ जनाको दरले सहभागिता जनाउँदैछन् । गोष्ठीमा नगरपालिकाहरुबाट प्रमुख र उपप्रमुख मध्ये एक र गाउँपालिकाबाट अध्यक्ष उपाध्यक्ष मध्येबाट १ तथा १७ वटै पालिकाबाट प्रमुख प्रशासकीय अधिकृत वा योजना प्रमुख मध्ये एकजनाको सहभागिता रहने उपाध्यायले बताए ।

गोष्ठमिा आगामि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण, आयोजना बैंक, विशेष र समपुरक तथा सशर्त योजना छनोटको विषयमा छलफल हुने आयोगले जनाएको छ । कार्यक्रममा दुई जिल्लाका १७ वटै पालिकाले १०÷१० मिनेटको प्रस्तुतिकरण समेत गर्ने कार्यक्रम तय भएको छ ।

पालिका प्रेस
थप जानकारी