मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले सहकारीको अनुगमन नियमनमा कडा रुपमा प्रस्तुत हुने बताएका छन् । सहकारीलाई उँधोगतीतर्फ धकेल्नका लागि ‘पोलिसिमेकर’ कै हात रहेको नगर प्रमुख विष्टको भनाइ थियो । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिकोत्सवको अवसरमा सहकारी संस्था सवलीकरणका लागि स्थानीय सरकारको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख बिष्टले यस्तो बताएका हुन् ।
थाहानगर भित्र रहेका सहकारीले ऐन नियम र उद्देश्य भन्दा बाहिर गएर काम गरे त्यस्ता सहकारीहरुलाई नियमनको दायरामा ल्याइ कारबाहीको प्रक्रिया अगाडी बढाइने विष्टको भनाइ थियो । बहुउद्देश्यीयको सभा हलमा आयोजित कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधि र नगरपालिका भित्र संचालनमा रहेको सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। छलफल कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगलीले सहकारी संस्था सवलीकरणको लागि स्थानीय सरकारको भुमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। ढकालले प्रस्तुत गरेको कार्यपत्रमा आफ्नो धारणा राख्दै हिमशिखर सहकारी डाँडाबासका सुजिन्द्र गोलेले स्थानीय सरकारले थाहाको ग्रामिण भेगमा संचालित सहकारी हरुलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए।
थाहानगरका उपप्रमुख भरत गोपालीले सहकारीहरुको समस्या पहिचानको लागि बृहत छलफलको आवश्यकता रहेको औल्याउँदै, रुपचन्द्र बिष्टले तत्कालीन समयमा गरेको कामहरु पनि सहकार्यको उदाहरण रहेको बताउदै स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे। जिल्ला सहकारी संघका संचालक फणीन्द्र सुवेदीले सहकारीलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएकोले सहकारी मार्फत गरेको क्रियाकलापलाई विकासको मोडलको रुपमा लिनुपर्ने बताउदै भारतको अमुल ब्राण्ड उदाहरणका रुपमा प्रस्तुत गर्दै सहकारी ऐनलाई परिमार्जित गरेर लानुपर्नेमा जोड दिदै सहकारी अभियानलाई श्रम र उत्पादन संग जोडेर स्थानिय सरकारले योजना बनाउनुपर्ने बताए।
वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले सहकारीहरुले आफ्नो समीक्षा गर्ने कार्य न्यून रहेको औल्याउदै संस्थाहरु सामाजिक उत्तरदायित्व बाट पन्छिएको बताउदै आर्थिक अनुशासन र बित्तीय साक्षरता आम सदस्य हरुमाझ पुर्याउन आवश्यक रहेको बताउदै सहकारीमा कामगर्ने कर्मचारीहरुको न्युनतम ज्यालामा एकरुपता हुनुपर्नेमा जोड दिए।
थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले थाहामा रहेका विभिन्न सहकारीहरुले विविध कार्यक्रमहरु गरिरहदा सहकारी शिक्षा दिनमा भने कन्जुस्याइँ गरिरहेको बताउदै जबसम्म सदस्यहरुलाई जागरुप गराउन नसकिने बताइन् । थाहा नगरपालिकाले सहकारीका प्रमुखहरुलाई विभिन्न तालिम दिएको स्मरण गराउदै थाहा नगरपालिका सहकारी शाखा सहकारीहरुसंग समन्वय गरेर रणनीतिक योजना बनाएर लैजाने बताइन् ।
थाहानगरको ९ नम्बर वडा अध्यक्ष राजकुमार बलामीले सहकारी संस्थाहरु लाई बाइपास गरेर थाहा नगरपालिकाको आर्थिक समृद्धि अगाडि नबढ्ने बताए। कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकुमार खत्रीले सहकारीको बिना धितोको ऋण उठाउन समस्या रहेको बताउदै स्थानीय सरकारले खराब ऋण उठाउन सहयोग गर्नुपर्ने बताए। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा वडा नम्बर ३ का हिरेन्द्र कुमार रायमाझी, ४ का नारायण लामा, ७ का शिवराज थिङ, ८ का हेम लामा, ९ का राजकुमार बलामी, १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरे, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु पालुङ बहुउद्देश्यीय सहकारीका लेखा समिती संयोजक कालिचरण बस्नेत, संचालक समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्